काठमाडौं, चैत २८। दराज, नेपालको अग्रणी अनलाइन बजारले आफ्नो बार्षिक अभियानः नववर्ष २०७९ – नयाँ रहर, नयाँ अफर सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा चैत्र २७ (अप्रिल १०) मध्यरातमा सुरु भएको छ भने यस वर्षको अभियान विगतका वर्षहरू भन्दा फरक हुने र आफ्ना ग्राहकहरूलाई थपआकर्षक र रोमाञ्चक सपिंग अनुभवप्रदान गर्ने दराजले आश्वासनदिएको छ। एस अभियानको मुख्य हाइलाइटहरु भने ६० प्रतिशतसम्मको मेगा डिल, पाँच हजार रुपैयाँसम्मको विशेष छुट भाउचरहरू, अनलाइन प्रिपेमेन्टमा (बैंक कार्ड, ईसेवा र आईएमई पे वालेट) १५ सय रुपैयाँसम्मको छुट, खेल १ रुपैयाँमार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क शिपिंग, र बम्पर उपहारको रूपमा यडिया एस लाईक स्कुटर जित्ने मौका रहेको छ ।
दराज नववर्ष २०७९ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा एक हजार रुपैंयाँदेखि १५ सय रुपैयाँसम्मको छुट् पाउन सक्नेछन् । सानिमा बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, र सेन्चुरी बैंकका कार्ड धारकहरुले डेबिट कार्ड मार्फत प्री–पे गरे १० प्रतिशत (अधिकतम एक हजार रुपैंयाँ) र क्रेडिट कार्ड मार्फत प्री–पे गरे १५ प्रतिशत (अधिकतम १५ सय रुपैंयाँ) सम्मको छुटको मज्जा लिन पाउने छन् । सांग्रिला बैंक, ज्योतिविकास बैंक र मुक्तिनाथ बैंकका डेबिट कार्ड धारकले प्री–पेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैंयाँ) छुट पाउने छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्ड धारकले डेबिट÷क्रेडिट कार्ड प्री–पेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैंयाँ ) छुट पाउने छन ।
यस बाहेक, दराजका ग्राहकहरूले ई–सेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित अवधिको लागि १० प्रतिशत (अधिकतम एक हजार रुपैंयाँ) सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्नेछन् । दराजले आफ्ना ग्राहकहरूलाई अभियानको क्रममा सबै विशेष बैंक छुटहरूको मज्जा लिन अनलाइन भुक्तानीका लागि आफ्ना बैंक कार्डहरू सक्रिय गर्न अनुरोध गरेको छ ।
त्यसैगरी, दराजनववर्ष २०७९ अभियानमा प्रदर्शित “खेल एक रुपैयाँ” मा भाग लिए ग्राहकहरुले सामसंग ग्यालेक्सी ए जिरो ३ कोर, रियल मीनार्जो ५० र वानप्लस १० प्रो फाई जी जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्ने मौका पाउनेछन् । यसै गरी अरु अन्य पुरस्कार पनि उपलब्द छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड, ई–सेवा वा आफ्नो आईएमई पे खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न पर्दछ र यो दिन जितिएमा पूर्ण रकम फिर्ता हुनेछ ।
अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा बिशेष छुट
नववर्ष २०७९ अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा विशेष डिल र छुटहरू प्रदान गरिरहेका छन् भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ६० प्रतिशत सम्म छुटको मज्जा लिन सक्नेछन् । अभियानका लागि डायमण्ड पार्टनरहरू भने आमायरा फेशन हाउस, कन्भर्स नेपाल, रियलमी र वाउ रहेका छन् । प्लेटिनम पार्टनरहरूमा बियर्डो, सिजि डिजिटल, इभोस्टोर, ओलीज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स समावेश छन् । र अन्तमा, गोल्ड पार्टनरहरूमा एर्के, जुआस, कोन्का एन्ड फोर्स, मीमी नेपाल, क्यूएनयू फर्निचर, रोह्टो मेन्थोलाटम नेपाल, पियाजा इटालिय र मन्त्र नेपाल समावेश छन् ।
अभियानका थप हाइलाइटहरू भने एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभिउ एण्ड विन रहेका छन् ।