Kath khabar
पाकिस्तानमा इमरान खानको समर्थनमा सडकमा उत्रिए पिटिआइका कार्यकर्ता

    पाकिस्तान, चैत २८ । इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाइएपछि उनका समर्थकले पाकिस्तानभरी सभा र्‍यालीको आयोजना गरिरहेका छन् । कराँची र लाहौरमा हज्जारौँको संख्यामा जुटेका समर्थकको भीडले राती झण्डा र मसाल देखाउँदै इमरान खानको समर्थनमा नाराबाजी गरे । यसअघि आइतबार इमरान खानको पार्टीका प्रवक्ता फवाद चौधरीले बेलुकाको नमाजपछि प्रदर्शन गर्न अपिल गरेका थिए । इमरान खानका प्रतिद्वन्द्वी शाहबाज शरिफ सोमबार पाकिस्तानका अर्का प्रधानमन्त्री बन्नु लगभग निश्चित मानिएको छ ।

शनिबार अबेर राती भएको अविश्वासको प्रस्तावको मतदानमा इमरान खान हारेका थिए, त्यसपछि उनको सरकार ढलेको थियो । विपक्षी गठबन्धनले इमरान खानलाई देशको अर्थतन्त्र ध्वस्त पार्नका लागि जिम्मेवार बताउँदै आएको छ तर खानका अनुसार उनलाई अपदस्थ गर्नका लागि अमेरिकाको षड्यन्त्र जिम्मेवार रहेको बताएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update