
काठमाडौं, चैत २८। नेप्सेको भीषण पहिरोले आज सोमबार पनि निरन्तरता पाएको छ । कारोबार खुलेको केही समय नेप्से बढेपनि त्यसपछि भने लगातार नेप्से घटेको थियो । सोही आधारमा नेप्से आज ४४ दशमलव ६४ अंकले घटेर २४ सय १९ दशमलव ७१ अंकमा सीमित हुुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि नौं दशमलव ३८ अंकले घटेर चार सय ५४ दशमलव ३७ अंकमा सिमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ३३ वटा कम्पनीहरुको ४० हजार पाँच सय सात पटकको कारोबारमा ५० लाख ९५ हजार आठ सय ३४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब २६ करोड सात लाख ८६ हजार छ सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाईडो पावर लिमिटेड, एनआईसी एशिया बैंक आदि परेका छन् ।