Kath khabar
फेसलिफ्टका साथ अन्य परिमार्जन गरिएको स्कोडा कोडियाक अब स्कोडा शोरुममा


        काठमाडौं, चैत २८। हेर्दा स्पोर्टी, क्रिस्टल लाइन डिजाइन, आफ्नो वर्गमा सबैभन्दा बढी सुरक्षा र ‘सिम्पली क्लेभर’ समाधानहरूले भरिपूर्ण नयाँ स्कोडा कोडियाक फेसलिफ्ट सहित अब स्कोडा शोरुमहरूमा उपलब्ध रहेको छ । कोडियाक सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो । फेसलिफ्ट सहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारका लागि युरोपबाट आयात गरिएको हो । चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक सुधार गरेको छ । रौनक अग्रवाल, स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशकले भन्नु भयो “नयाँ स्कोडा कोडियाक डिजाइन सौन्दर्य, आराम, इञ्जिन र गतिशील क्षमताहरूका साथै पूरै विचार गरेर केबिन थपिएको छ । धेरै सेग्मेन्टका प्रमुख सुविधाहरू र बेजोड सुरक्षाका साथ, स्कोडा कोडियाक परिवारका लागि पूर्ण सुविधा सम्पन्न प्याकेज हो, चाहे यो दैनिक ड्राइभिङ होस् वा रोमाञ्चक अफ–रोड यात्रा!”

एक्सटिरियरः पुनःडिजाइन गरिएको फ्रन्ट र अझ रग्डरुप
स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल एसयुभीलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन÷अप्टिमाइज गरेको छ । माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको, थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको छ। एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथएलईडी हेडलाइटहरू उल्लेखनीयरूपमा स्लीम छन् र, पुनः व्यवस्थित फग लाइटहरूसँग, अँध्यारोमा पनि राम्रोसँग देखिने सुविधा सिर्जना गर्दछ ।

इन्टीरियरः अझआरामदायी विशेषताहरुले यसको इन्टीरियरलाई पु¥याएको छ नयाँ स्तरमा
स्कोडाले कोडियाकको भित्री भागलाई नयाँ डेकोरेटिभ स्ट्रिपहरू, थप कन्ट्रास्टीङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फङ्शन प्रदान गरेर नयाँ स्तरमा लैजान्छ । पहिलो पटक, ठूला एसयूभीका विकल्पहरूको दायरामा एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू समावेश छन्, जसमा तताउने विकल्पको साथ मल्टि वे इलेक्ट्रिक सीट समायोजन छ । क्यान्टोन साउन्ड सिस्टम अर्को वैकल्पिक अतिरिक्त विशेषता हो, जसले ड्यासबोर्डमा केन्द्रीय स्पिकर र बुटमा सबवुफरको अतिरिक्त दस स्पिकरहरू प्रदान गर्दछ ।

भर्चुअल कक्पीट
१०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल कक्पीट छ ।

डिजाइन- यसको पावरफुल क्यारेक्टरको प्रतिबिम्ब
कोडियाक सबैभन्दा अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको कार मात्र होइन । यसको टोर्नाडो लाइनहरू, सटीक किनारहरू र क्रिस्टल लाइनले यसमा विशिष्ट स्टाइल थप्दछ । ब्रान्डले कारको बहुमुखी चरित्र प्रतिबिम्बित गर्ने डिजाइनको साथ आफ्नो नयाँ डिजाइन भाषा एसयूभी सेग्मेन्टमा स्थानान्तरण गर्दछ । स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ। चौडा, त्रि=आयामी रेडिएटर ग्रिल आकर्षक र साँघुरो छ, रेडिएटर ग्रिलमा नदेखिने गरी पर्फेक्टली प्रवाह हुने ¥याङ्क्ड हेडलाइटहरूले स्कोडा कोडियाकलाई एक विशिष्ट रूप दिन्छ ।

इञ्जिन र ट्रान्समिशन
२.० टिडिआईले ११० के डब्लु १५० पिए) र ३४० एनएम टक्र्यू जेनेरेट गर्छ । यसको सम्पूर्ण फोर व्हीलहरु ७-स्पीड डुअल क्लच ट्रान्समिशनबाट स्वचालित छन् ।

सुरक्षा, आराम र सहुलियत
नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा घुडाको एअर ब्यागका साथ ९ एअर ब्यागहरु, इबिडिका साथएबिएस, बे्रक असिस्ट, मल्टी कोल्लीशन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइण्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् । कोडियाकले इलेक्ट्रीकलरुपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ । यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ ।

राइड र ह्याण्डलिङ
स्कोडा कोडियाक ४,४ अल–व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ । स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८-इन्चव्हीलहरुका साथ सुसज्जितभएर आउँछ ।

इन्फोटेन्मेन्ट र कनेक्टीभिटी
यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमाप्रोक्सीमिटी सेन्सर, भ्वाईस कमाण्ड कन्ट्रोल (ध्वनीआदेश नियन्त्रण) र अडियो नियन्त्रणका साथ आउँछ ।

सामग्री र स्टोरेज
स्कोडा कोडियाकमा रहेको सिम्प्ली क्लेभर नामक विशेषता स्कोडाले तपाईंको लगानीमा जहिले पनि अलिकति बढी दिन्छ भन्ने प्रमाण हो-दैनिक जीवनमा व्यावहारिक र सुविधाजनक सहायता जुन ब्रान्डको मान्यता हो । पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि यसमा उपलब्ध गरिएको छ । २७० देखि २००५ एल (रियर सिट फोल्ड डाउन गर्न मिल्ने) को भोल्युमको साथ स्कोडा कोडियाकले आफ्नो क्लासमा सबैभन्दा ठूलो बूट प्रदानगर्दछ । यसमा विद्युतीयरुपमा नियन्त्रण गर्न मिल्ने पाँचौं ढोका र (किलेस इन्ट्री, स्टार्ट र स्टप बटन) उपलब्ध छ । यसका साथै यसमा फुट सेन्सरका साथ भर्चुअल पेडल ओपन र क्लोज द बुट छ । स्कोडा कोडियाक यी विशेषताहरुका साथ विभिन्न स्टाइल रेरियन्टमा उपलब्ध  रहेको छ ।  

 

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update