Kath khabar
दैनिक राशिफल

       काठमाडौं, चैत्र २९ । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र २९ गते मंगलबार, तदनुसार ई.सं. १२ अप्रिल, चैत्र शुक्ल दशमी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पढाईमा सफलता प्राप्त हुनेछ भने सन्तान सुख मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ रहनेछ । आयमा वृद्धि हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रमले अधुरा काम सबै पूर्ण हुनेछन् । गृह सुख प्राप्त हुनेछ,  भूमि भवन वाहन खरिदमा लाभ मिल्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहेनत अनुसारको फल प्राप्त हुनेछ । पराक्रम वृद्धि हुनेछ । शरीरमा जोश जाँगर र स्फूर्ति बढ्नेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कुटुम्बसँगको सम्बन्ध प्रगाढ रहनेछ । बोलीको प्रभावले धन आर्जन हुनेछ । मन प्रसन्न रहनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मुहारमा कान्ति छाउनेछ । धन, मानसम्मान प्राप्त हुनेछ । ऑटेका कार्य पूर्ण हुनेछन् ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्चमा वृद्धि हुनेछ । अनावश्यक झमेलामा पर्दा वादविवाद र झगडाको सम्भावना देखिन्छ । शत्रु वृद्धि हुनेछन् ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
आयका नयाँ स्रोत फेला पर्नेछन्। नयाँ कामको अवसर प्राप्त हुनेछ । यात्रामा लाभ मिल्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
नोकरी र राजनीतिमा सफलता प्राप्त हुनेछ । नाम र इज्जत बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
धार्मिक कार्यमा रुचि बढ्नेछ । यात्रामा लाभ मिल्नेछ । दान धर्ममा दिन बित्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मानसिक तनाव बढ्न सक्नेछ । शारीरिक थकान र अपजस सामना गर्नुपर्ला । व्यर्थमा समय, श्रम र धन खर्च हुन सक्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
दाम्पत्य सुख प्राप्त हुनेछ । पार्टनरसँग सम्बन्ध सुमधुर हुनेछ । साझेदारी व्यापारमा मुनाफा बढ्नेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यमा समस्या आउन सक्ला, धनमाल हराउन वा चोरी हुन सक्नेछ । शत्रु हावि हुनेछन् ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०


 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update