Kath khabar
युवा उद्यमी मञ्चद्धारा ४७ लिटर क्षमताको ४० अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौं, जेठ ३ । युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ) ले ४७ लिटर क्षमताको ४० अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । राष्ट्र पहिले र केही बनाऔं भन्ने एन.वाइ.इ.एफ. को मूल दुई मुल्य मान्यता रहेको र उक्त दुई मूल्यमान्यतालाई मध्यनजर गर्दै एन.वाइ.इ.एफ. सदस्यहरुको संयुक्त पहल अन्तरगत वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराईएको मञ्चले जानकारी दिएको छ ।

मञ्चका अनुसार उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको थियो । साथै उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद्, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।  

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update