Kath Khabar
रोकिएन नेप्सेको उच्च गिरावट, ३४ अंकले घट्दा एक अर्ब ५२ करोडको शेयर कारोबार


          काठमाडौं, चैत २९। नेप्सेको उच्च गिरावटले साताको तेस्रो कारोबार दिन निरन्तरता पाएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पनि ३४ दशमलव ७८ अंकले घटेर २३ सय ८५ दशमलव दुई अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ५२ अंकले घटेर चार सय ४९ दशमलव ३६ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ३७ वटा कम्पनीहरूको ३१ हजार पाँच सय ७६ पटकको कारोबारमा ३७ लाख ८३ हजार २४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज  कुल कारोबार रकम एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार चार सय १८ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा होटल तथा पर्यटन समुहको सूचक सामान्य अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा समितका १२ वटा समुहहरूको सूचक उच्च अंकले घटेर पुरै रातो देखिएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, प्राइम कर्मसियल बैंकको ऋणपत्र आदिले कमाएका छन भने इर्मर्जिङ नेपाल लिमिटेड, शिवश्री हाईड्रो पावर लिमिटेड आदिले गुमाएका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक, शिवम् सिमेन्ट आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update