Kath khabar
दैनिक राशिफल

 

       काठमाडौं, चैत्र ३० । दैनिक राशिफल (वि.सं. २०७८ चैत्र ३० गते बुधबार, तदनुसार ई.सं. १३ अप्रिल, चैत्र शुक्ल द्धादशी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रचनात्मक कृयाकलापमा सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । प्रेम सम्बन्ध प्रगाढ़ रहनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक कलह बढ़्नेछ । मन अशान्त र अस्थिर रहनेछ । वादविवाददेखि टाढै रहनु वेश हुनेछ ।  

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
कुटुम्बको साथ मिल्नेछ । धन प्राप्ती हुनेछ र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिष्ठान्न भोजन तथा धन प्राप्ती हुनेछ । पारिवारिक मेलमिलाप बढ़्नेछ ।  

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मन प्रशन्न रहनेछ साथै आँटेका कार्य सफल हुनेछन् । दाम्पत्य सुख प्राप्त हुनेछ । धन लाभ हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्चमा वृद्धि हुनेछ । अनावश्यक मेलामा फस्नाले मानसिक तनाव र शत्रु वृद्धि हुनेछन् ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार व्यवसायमा सोचे झै लाभ मिल्नेछ । सन्तान र स्त्री सुख प्राप्त हुनेछन् । मन प्रशन्न रहनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
नोकरीमा पदोन्नती तथा राजनितिमा आफ्नो वर्चश्व कायम रहनेछ । हरेक क्षेत्रमा सफलता हात लाग्नेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
भाग्यको साथ मिल्नेछ । धार्मिक यात्रा हुन सक्छ । सन्तान सुख तथा यात्रामा लाभ मिल्नेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मानसिक तनाव तथा शारिरीका थकान बढ्न सक्नेछ । वादविवाद तथा झगडा देखि टाढै रहनु वेश होला ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
साझेदारी व्यापारमा प्रशस्त मुनाफा मिल्नेछ  । धन लाभ तथा दाम्पत्य सुख प्राप्त हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पुरानो रोगबाट छुटकारा मिल्नेछ । शत्रु परास्त हुनेछन् । खर्चमा वृद्धि हुन् सक्नेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update