मुम्बई, चैत ३०। कम्पनीको सबैभन्दा पछिल्लो प्रिमियम स्मार्टफोनको रुपमा रहेको आईफोन थर्टिनको उत्पादन सुरु भएसँगै भारत सरकारको मेकईन इन्डियाको घोषणालाई बल पुग्नेछ । आईफोन थर्टिनका अलावा एप्पल कम्पनी भारतको चेन्नई नजिकै सिरिपेरम्बदुरमा फक्सकन फ्यासिलिटी सेन्टरमा आईफोन इलेभेन, आईफोन ट्वेल्भको उत्पादन गरिरहेको इकनोमिक्स टाइम्सको रिपोर्टमा उल्लेख छ ।
आईफोन थर्टिनका अलावा एप्पल कम्पनी भारतको चेन्नई नजिकै सिरिपेरम्बदुरमा फक्सकन फ्यासिलिटी सेन्टरमा आईफोन इलेभेन, आईफोन ट्वेल्भको उत्पादन गरिरहेको इकनोमिक्स टाइम्सको रिपोर्टमा उल्लेख छ । तर कुनै पनि प्रो मोडेलका आईफोन भने भारतमा उत्पादन भइरहेका छैनन् । जब कि आईफोन एसई तथा आईफोन ट्वेल्भको उत्पादन विस्टन फ्याक्ट्रीमा भइरहेको छ । एप्पलका लागि भारत आफैँमा निकै ठूलो बजार हो ।
पछिल्लो घोषणासँगै एप्पलले भारतमा आफ्ना पछिल्ला सबै आईफोन मोडलको उत्पादन थालेको छ। छिमेकी भारतमा आईफोनको उत्पादन सुरु भएसँगै यदि नेपालमा त्यसको मूल्य घट्ने अपेक्षा छ? एप्पलले सम्भवतः अहिले नै त्यस्तो कार्य गर्नेछैन ।