Kath Khabar
नेप्सेमा हरियाली : ३० अंकले बढ्दा एक अर्ब ४७ करोड रुपैयाँको कारोबार



       काठमाडौं, चैत ३० । लगातार घटेको नेप्से आज बुधबार भने बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार ३० दशमलव २४ अंकले बढेर २४ सय १५ दशमलव २४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९७ अंकले बढेर चार सय ५६ दशमलव शुन्य नौं अंकमा चढेको छ ।

जसबाट दुई सय २९ वटा कम्पनीहरुको २८ हजार नौं सय ४५ पटकको कारोबारमा ३३ लाख ९८ हजार छ सय ४३ कित्ता सेयर किनबेच भएका छन ।  उक्त किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४७ करोड ६३ लाख १८ हजार एक सय चार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा वाणिज्य बैक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम् सिमेन्ट परेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update