Kath khabar
रामचन्द्र काफ्ले, जुनु रिजाल र स्मिता दाहालको 'नेपाल’ सार्वजनिक



       काठमाडौं, वैशाख १ । देशको बिम्ब के हुन्छ ? देश त भूगोल मात्र हो राष्ट्रको असली अनुहार त जीवन हुन्छ भन्ने बिचार बोकेको म्युजिक भिडियो ’नेपाल’ सार्वजनिक भएको छ ।

विकास सुवेदीले निर्देशन गरेको भिडियो बाँके जिल्लाको नेपाल भारत सिमाबाट सुरु भएर नेपाल चीन सीमामा रहेको मुगु जिल्लामा पुगेर सकिन्छ । लोकप्रिय गायक रामचन्द्र काफ्ले, जुनु रिजाल र स्मिता दाहालको स्वर रहेको गीतमा रामचन्द्र काफ्लेको संगीत र महेश दाहालको शब्द रचना रहेको छ । सशस्त्र युद्धको समयमा बर्दियामा माओवादी विद्रोहीले हत्या गरेका सहिद गोबिन्द पौडेलको सम्झना निर्माण गरिएको भिडियोको छायांकनका लागि दैलेखको  गुराँसेमा रहेका राउटे बस्तीमा सम्म निर्माण युनिट पुगेको थियो । नेपाल तराई, पहाड र हिमालको संयोजन हो भनिएको भिडियोमा  विवेक पौडेलको अभिनय, सागर प्रधानको छायांकन र प्रकाश बस्नेतको सम्पादन रहेको छ । सामान्यतया राष्ट्रिय गीत भन्ने बितिकै राष्ट्रिय झन्डा र बिभिन्न जातजातिको भेष भुषा देखाउने गरिने भए पनि यो भिडियो भने फरक बनेको छ ।

’’म भिडियोमा आवरण भन्दा आत्मा र झकिझकाउ झिलीमिली भन्दा वास्तविकता देखाउन चाहन्छु’’ त्यही इमान्दार प्रयास गरेको निर्देशक विकास सुबेदीले बताउनुभयो । भिडियोमा वास्तविक नेपाली जीवन देखाउन ठुलो मेहनत गरेको गायक तथा संगीतकार रामचन्द्र काफ्लेले बताउनुभयो । संगीत र साहित्य आवरणमा कस्तो बजारमा चल्छ भन्दा पनि देशको वास्तविकता बढी केन्द्रित हुनुपर्ने उनको भनाई रहेको छ । १० दिन लगातार सुटिङ गरिएको भिडियो कर्णाली प्रदेशका छ जिल्लामा छायांकन गरिएको छ ।

भिडियो लिंक
https://youtu.be/tDhz30mzyco

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update