Kath khabar
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै


       काठमाडौं, वैशाख १ । आज नयाँ वर्ष, हर्षाेल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।

आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँने गर्दछन् । ज्योतिष शास्त्र अनुसार सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (वैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ वर्ष आरम्भ हुने मान्यता छ । बिहानदेखि मीठोमीठो खाने, साथिभाई तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइन्छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update