काठमाडौं बैशाख ३ । सुगुरले आफ्नो मलद्धारबाट पनि अक्सीजन लिन सक्छ या स्वास प्रस्वास क्रिया जारी गर्न सक्छ । सुगुरको मलद्धारबाट लगातार अक्सीजन भएको तरल पदार्थ निक्लीरहेको हुन्छ । यसबाट कमजोर फोक्सो भएकालाई मलद्धारबाट पनि सास फेर्ने पद्धत्तिको विकास गर्न खोजिएको छ । यसबाट कमजोर फोक्सो भएकालाई बैकल्पीक तरीकाबाट अक्सीजनको मात्रा दिन सकिन्छ कि भन्ने मानिसमा आशा पलाएको छ ।
टोकियो मेडिकल एन्ड डेन्टल युनीवर्सिटी का बैज्ञानिक ताकानोरी ताकाबेका अनुसार कोरोना भाइरसका कारण जब मानिसको शरीरमा अक्सीजनको कमी हन्छ तब भेन्टीलेटरबाट स्वासप्रस्वास गराउँदा फोक्सोको कमजोर टिस्यु दबाबका साथ अक्सीजन जान्छ त्यसले फोक्सोलाई नोक्सान पुराएको हुन्छ ।
स्टडी सेल जर्नलमा छापिएको लेखमा वैज्ञानिक ताकानोरी ताकाबेले मानिसले पनि गुदद्धार तथा शरीरका अन्य अङ्गले अक्सीजन सास फेर्न सके राम्रो हुने बताएका छन् । सफा पानीमा पाइने माछाले पनि फोक्सोविना अक्सिीजन प्राप्त गरीरहेको जापानी बैज्ञानिक ताकाबेले बताएका छन् ।
स्तनधारीजिबको गुदद्धार खास किसीमको पातलो झिल्लीले ढाकिएको हुन्छ जसले आवस्यक तत्व सोसेर रगतमा पुराउछ । गुदद्धारको यसप्रकारको क्षमतालाई उपयोग गर्न सकिने उनले बताएका छन् ।
ताकाबेले यो परिक्षण सुगुरमा गरीएको बताएका छन् । उनले बताएका छन कि परिक्षणको क्रममा सुगुुरको मलद्धारमा एनिमासँगै परफ्लोरोकार्बन राखियो । परफ्लोरोकार्वन एक गैर विसालु तरल पदार्थ हो जसले अक्सीजनलाई राम्ररी पक्डन सक्छ । यो पदार्थ समय नपुग्दै जन्मेका बच्चाको फोक्सो बचाउन प्रयोग गरिन्छ ।
ताकाबे र उनको टिमले चारओटा सुगुरलाई बेहोस बनाई भेन्टीलेटरमा राखे र अक्सीजनको मात्रा घटाइदिए ताकि सुगुरको रगतमा अक्सीजनको मात्रामा कमी होस । उनका अनुसार दुईटा सुगुरको गुदद्धारमा एनिमा सगँै परफ्लोरोकार्बन राखियो र बाकि दुईको मलद्धारमा टयूवबाट परफ्लोकावर्बन पर्दाथ शरीरमा पठाउदा चारओटै सुगुरको ब्लडमा अक्सीजनको मात्रा बढेको पाइयो ।
बैज्ञानिक ताबाके यस परिक्षणबाट उत्साहित भएको र उनले कोराना संक्रमित बिरामीको गुदद्धारमा परफ्लोरोकार्बन प्रयोग गरी अक्सीजनको मात्रा पुरा गर्न सकिने दाबी गरेका छन् । उनले यसबाट महङ्गो भेन्टीलटर ,आइ सि यू र अक्सीजन सीलीण्डरको आवस्यकता नपर्ने र गरीब देश तथा मध्यम आय भएका देशलाई यो प्रविधि बरदान सावित हुने बताएका छन् ।
तर इम्परीयल कलेज लण्डनका बैज्ञानिक स्टिफन ब्रेनले ताकानोरी ताकाबे तथा उनको टिमले गरेको अध्यन प्राराम्भीक चरणको मात्र भएको प्रतिक्रीया दिएका छन । यो चिकीत्सा पद्धति अप्रमाणित भएको हुदा यसलाई अवलम्वन गर्दा यसको परिणाम धातक हुन सक्ने भन्दै बैज्ञानिक स्टिफन ब्रेनले यो दाबीलाई अस्वीकार गरेका छन् ।