काठमाडौं, जेठ ३ । कोरोना भाइरसका कारण स्वस्थ मानिसहरुकोे समेत ज्यान गइरहेकाले यो महामारीमा सुगर अर्थात मधुमेहका दिर्घरोगीहरुले विशेस ध्यान दिनुपर्ने डाक्टरले बताएका छन् ।
मृत्यदर बढ्नुमा सुगर लगायतका दिर्घरोगीमा कोरोना संक्रमणले बढ्नु पनि एउटा कारण हो । सुगर नसर्ने रोग हो जुन शरीरमा इन्सुलीनका कमिका कारण देखा पर्दछ । वंशानुगत, खानपान तथा बदलिदो जिवनशैली जहाँ आवश्यक शारिरीक व्यायामको अभावमा यो रोग बढ्दै जान्छ ।
इन्सनुलीनको कमिले रगतमा सुगरको मात्रा बढ्छ जसले गर्दा शरिरमा इन्फेक्सनको खतरा हुन्छ । रोग प्रतिरोधात्मक शक्ति कम भएका यस्ता विरामीलाई कोरोना संक्रमण छिटो हुनका साथै निको हुने संभावना पनि न्युन देखिएको छ । सुगर रोगका बिरामीका लागि निम्न लक्षणहरु प्राणघातक हुने विशेषज्ञहरुले बताएका छन् ।
१. छाला
कोरोना भाइरस संक्रमित भएका सुगर रोगीमा छाला सुनीने, छालामा राता धब्बा देखिने र चिलाउने समस्या हुने गरेको देखिएको छ । रगतमा सुगरको मात्रा बढ्दा छाला सुक्खा हुनेहुँदा छालामा विभिन्न समस्या आउछ । सुगर रोगीहरुले यस्ता लक्षण देखिए तुरुन्त डाक्टरका सल्लाह लिने तथा छालाको विशेष ख्याल राख्नुपर्ने विशेषज्ञको सुझाव छ ।
२.निमोनिया
कोरोनाका कारण मर्नेहरुमा उल्लेख्य संख्या निमोनियाका बिरामीहरु रहेका छन् । सुगर रोगीलाई कोरोना भाइरस संक्रमण भए निमोनिया हुने बढी संभावना हुन्छ । यस्ता रोगीमा रगतमा सुगरको मात्रा बढी देखिए श्वास प्रश्वासमा पनि समस्या देखा पर्दछ ।
टाइप १ र टाइप २ दुबै किसिमका सुगर रोगीमा रगतमा सुगरको मात्रा बढ्दा कोरोना भाइरस सजिलै फैलन सक्ने र फोक्सोलाई क्षतीग्रस्त बनाउने संभावना बलीयो भएको स्वास्थ्य सम्बद्ध बिज्ञहरुले बताएका छन् ।
३. अक्सिजन
कोभिड-१९ का विरुद्ध लडिरहेका विरामीका रगतमा अक्सीजनको लेवलमा गिरावट आएको हुन्छ । सुगर रोगीमा इम्युनिटी पावर कम भएको हुँदा अक्सिजनको कमिले छिटो ज्यान जान सक्ने भएको हुँदा सास फेर्न अप्ठेरो भए तथा टाउको दुखेमा सुगर रोगीहरु अस्पताल गईहाल्नु पर्दछ ।
४. ब्लयाक फंगस
कोरोना भाइरससँगै ब्लयाक फंगसका संक्रमणले मानिसमा अझ त्रास थपेको छ । आँखा रातो हुनु, आँखा दुख्नु, ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, उल्टी हुदा रगत देखा पर्नु वा मानसिक स्थितिमा बदलाब देखिने लक्षण भए गम्भीर हुन डाक्टरले अपिल गरेका छन् ।
यसकारण छालामा एलर्जी जस्तो रातो चिलाउने धब्बाहरु देखा परेका छन् । सुगर रोगीहरु धुलो, फोहोर जमेका ठाउमा काम गर्न जादा बुट, पञ्जा र भाइजरको प्रयोग अनिवार्य गर्न डाक्टरले सल्लाह दिएका छन् ।
अनियन्त्रित सुगर, स्टराइडको प्रयोगले कमजोर भएको इम्युनिटी पावर, लामो समय अस्पतालमा आइ सि यु मा बस्दा, अङ्ग प्रत्यारोपण गर्दा तथा क्यान्सर आदिका कारण थलीएका विरामीहरु पनि यो रोगका शिकार भएका छन् ।