Kath khabar
खाडीका काम गर्ने युवाले धानेको मुलुक, युरोप अमेरिका बस्नेले उल्टै देशको पैसा लान्छन्

काठमाडौं, जेठ ३ । ओमानमा रहेका युवाले केहि दिन अघि मात्रै आफ्नो गास काटेर मुलुकमा ५ सय ६० थान अक्सीजका सिलिन्डर पठाए ।  यसरी खाडीमा गएका युवाले देशमा बिरामी बचाउन अहिले अक्सीजन पठाए, जसले नै यसअघि रेमिट्यान्स पठाउँथे जसले नै मुलुक  धानिदै आएको छ ।

पछिल्ला वर्षहरुमा देशमा शिक्षा, स्वास्थ्यको स्तर माथि उकासिएको छ भने गरिबि र पछौटेपनबाट मुलुक बिस्तारै माथि उठेको छ । जसमा  सबैभन्दा ठूलो योगदान रेमिट्यान्सको रहेको छ । हुनत रेमिट्यान्सले उपभोग बढाएको आरोप पनि  गरेको छ । तर, त्यहि रेमिट्यान्सले बढाएको आयातबाट उठाएको राजस्वले नै मुलुकको खर्च चल्दै आएको छ ।

मुलुक बाहिर अहिले ४० लाख युवाहरु छन् । तर यो भारत बाहेकको आकडा हो । भारतमा कति युवा छन् भन्ने राज्यसँगै कुनै औपचारिक आकडा छैन । ४० ला युवामध्ये ३० लाख त खाडी मुलुकमा रहेका छन् । बाँकि १० अमेरिका, युरोप लगायतका समृद्ध मुलुकमा छन् । १० लाख युवाहरु पढ्न गएका र उतै घरबास गरेर बसेकाहरु समेत पर्छन्  । यिनै १० लाखले नै फेरी  फेसबुक तथा ट्वटीरमा  सरकारका काम कार्वाहिको गालीगलौज पस्केका हुन्छन् । उनिहरुले चाहि मुुलकलाई के  गरेका छन् त ?

अमेरीका, युरोप र अष्ट्रेलियामा पनि ठूलो मात्रामा नेपालीहरु रहेका त छन् तर ति देशबाट आउने रेमिट्यान्सको हिस्सा भने थोरै मात्रै देखिन्छ । कुल रेमिट्यान्समा अमेरिकाको हिस्सा आठ दशमलव तीन प्रंतिशत मात्रै छ ।  बेलायतको १ दशमलव तीन, अष्ट्रेलियाको शुन्य दशमलव तीन र जापानको ७ दशमलव पाँच प्रतिशत रहेको छ ।

जबकी कतार एक्लैको हिस्सा १७ दशमलव सात प्रतिशत रहेको छ । छिमेकी मुलुक भारतबाट १४ दशमलव २ हिस्सा रहेको नेपाल राष्ट्र बैंकले नेपालमा बिप्रेषण आप्रवाह  सम्वन्धि एक अध्ययनबाट देख्न  सकिन्छ ।  

अहिलेसम्म आएको रेमिट्यान्स र राष्ट्र बैंकले गत वर्ष गरेको अध्ययनलाई आधार मान्ने हो भने कतारबाट मात्रै यो समयमा १ खर्ब १९ अर्ब बराबरको रकम कतारबाट आएको छ । यहि अध्ययनलाई आधारमान्दा अमेरिकाबाट ५८ अर्ब, बेलायतबाट ९ अर्ब र अष्टे«लिायबाट २ अर्ब हाराहारी मात्रै रकम आएको आकलन गर्न सकिन्छ ।

कुल रेमिट्यान्समा खाडी मुलुकको मात्रै आधा हिस्सा रहेको हुदाँ खाडी मुलुकबाट मात्रै देशमा ३ खर्ब ६४ अर्ब रकम भित्रिएको छ । त्यसैगरि कोरियाको हिस्सा २ प्रतिशत रहेको छ ।  युरोप तथा अमेरिकामा जानेहरुले त्यतै रकम खर्चने र अपार्टमेन्ट तथा घर किन्ने भएकाले रकम भित्रन नसकेको हो । अझ पाएसम्म त यहाँको पुख्र्याैली सम्पत्ति पनि सकभर बिदेश तर्फ नै लाने गरेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update