Kath khabar
नेपालमा पाइने महँगा जडिबुटिहरु र यसको उपयोगिता


       काठमाडौं, वैशाख ४। नेपाललाई जडिबुटीहरूको अपार प्राकृतिक स्रोतको देश भनेर चिनिन्छ । वनस्पति विभागले नेपालमा सात हजार प्रजातिका वनस्पति औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ । केसर, शिलाजित, यार्सागुम्बा, चिराइतो र लौठ सल्ला नेपालमा पाइने महँगा जडिबुटीहरू हुन् ।
 
केसर
विश्व कै दुर्लभ र महँगो कृषि उत्पादन भनेर चिनिने केसर महँगा जडिबुटीहरू मध्ये एक हो। प्रति केजी दश लाख पर्ने केसरको माग दिन प्रतिदिन बढ्दो छ। बच्चा र गर्भवती महिलाहरूको लागि पनि यो फाइदाजनक छ। कलेजो रोग,  झाडापखाला,  मुटु रोगी, अनुहार सफा गर्ने जस्ता धेरै रोगहरुको लागि यो उपयोगी छ।

शिलाजित
शिलाजितको उत्पत्ति पत्थर वा ढुंगाबाट भएको हो। यसलाई पत्थरको पसिना पनि भनिन्छ। संस्कृतमा पत्थरलाई शिला भन्ने गरिन्छ। हेर्दा यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ। सुकेपछि यो एकदम चम्किलो हुन्छ। शिलाजित चार प्रकारको हुन्छ रजत, स्वर्ण, लोह र ताम्र । प्रत्येक प्रकारको शिलाजितका गुण तथा लाभ पनि प्रकृति अनुसार नै फरक हुन्छ।  शिलाजित ग्यास्ट्रिक पीडित रोगी, आँखा रातो हुने, अल्सर, गर्भवती महिला, शरीरको जलन हुने जस्ता समस्या भएका मानिसले शिलाजित प्रयोग गर्नु हुदैन। छालासँग सम्बन्धित रोगको लागि शिलाजित अत्यन्तै राम्रो भनिन्छ। यो धातुलाई निको पार्ने एकमात्रै औषधी पनि भनिन्छ ।

यार्सागुम्बा
यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडिबुटी हो। यो समूह सतहबाट २००० मिटरदेखि ६००० मिटरको उचाइमा पाइन्छ। यसलाई यौन शक्तिवर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रुपमा हेरिएको छ। यो खोकी, दम, अनिन्द्रा, अम्लपित्त जस्ता रोगमा चिनिँया औषधी विधि अनुसार सेवन गर्ने गरिन्छ। यसलाई शरीर दुखेको बेला पिसेर सेवन पनि गरिन्छ। काटेको ठाउँमा लगाउँदा पनि घाउ चाडो निको हुने गर्दछ।  

चिराइतो
यो नेपालमा पाइने एक किसिमको जडिबुटी हो। यो उच्च पहाडी भेगतिर देखिन्छ। यो जडिबुटी बिभिन्न रोगहरुमा प्रयोग गरिन्छ। घाउहरु चिराइतोले निको पार्छ, स्वाद र रुचि बढाउने तथा औलो ज्वरोमा पनि यो निक्कै उपयोगी मानिन्छ। यो  हिमालय क्षेत्रमा १८०० देखि २८०० मिटर उचाइमा यसको सफलता पूर्वक खेती गर्न सकिने वनस्पति हो।

लौठ सल्लो
यो बनस्पतिको नेपाली नाम लौठ भएपनि विभिन्न स्थान अनुसार वन्य सल्ला, रातो काठ, छिमे सल्ला आदि नामले चिन्ने गरिन्छ। लौठ सल्लाको तिब्बेत नाम संगा सिंह हो भने यसलाई नेपाल भाषामा ल-स्वाँ भनिन्छ। यो कश्मिरदेखि वर्मासम्म फैलिएको पाइन्छ। यो छाती र पाठेघरका क्यान्सर उपयोगी मानिन्छ। यसको उपयोगिता प्रमाणित भएपछि नेपालमा यसको व्यापार तिब्र रुपमा हुन थालेको हो । यो सल्लाको मूल्य प्रतिकेजी रु १५ लाखसम्म पर्दछ ।

 

 


 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update