Kath Khabar
पहिलो दिन नै नेप्से रातै, २९ अंकले घट्दा एक अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार


        काठमाडौं, वैशाख ४। साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से रातै भएको छ । नेप्से आज २९ दशमलव छ अंकले घटेर २३ सय ८५ दशमलव ६४ अंकमा सीमित हुँदा सेन्सिटिभ पनि पाँच दशमलव १२ अंकले घटेर चार सय ५० दशमलव ९७ अंकमा सीमित हुन पुगेको छ। आज दुई सय ३३ वटा कम्पनीहरूको २९ हजार ४४ पटकको कारोबारमा ३४ लाख सात हजार दुई सय ७२ कित्ता शेयर खरिद बिक्री भएकाछन । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४४ करोड सात लाख २३ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फन्ड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन ऊर्जा विकास कम्पनी, सामलिङ पावर कम्पनी, शिवश्री हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, ग्लोबल आईएमई बैंकको ऋणपत्र, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update