Kath khabar
मछिन्द्रनाथ अथवा बुँगद्योलाई महास्नान गराइ चोखिने कार्यक्रम सम्पन्न
तस्बिर : सुप्रिंस शाक्य


         ललितपुर, वैशाख ४। उपत्यकामा रहेको ४ करुणामयहरु मध्ये एक मानिने श्री बुँगद्योलाई वर्षा र सहकालका देवता तथा धान भित्र चामल भर्ने देवताको (अन्नदाता) रुपमा पूज्ने गरिन्छ।

हरेक वर्ष वैशाख कृष्ण प्रतिपदा तिथिको दिन बुँगद्योको महास्नान गर्ने प्रचलन रहेको छ। लगनखेलमा रहेको बसपार्क नजिकै रहेको न्हवं दबु अर्थात् महास्नान गराउने मण्डपमा बिराजमान गराइ विधिवत विशेष रुपमा पूजा अर्चना गरी नुहाइदिने गरिन्छ। साथै मिननाथ जन्मराजा, जटाधारी लोकेश्वर लागि पनि तंग बहालमा मन्दिरसँगै रहेको न्हवं दबुमा महास्नान गराइन्छ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update