ललितपुरको इमाडोलमा होण्डाको सर्भिस सेन्टर
ललितपुर, वैशाख ४। ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । आइतबार आयोजिक एक कार्यक्रम बीच जय मंन्जुश्री अटो वर्कसप प्रा लिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका संञ्चालक विकास महर्जनले जानकारी दिनुभयो ।
नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होण्डा वाइक सर्भिसिङमा सहज हुने उहाँको भनाइ छ । चार जना संचालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र संंचालकहरुमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन हुनुहुन्छ । यसअघि होण्डा मोटरसाइकल कम्पनीमै काम गर्दै आउनु भएका विकास महर्जनसँग १० बर्षको कार्यानुभव रहेको उक्त वर्कसपले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९ २२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय