Kath khabar
दैनिक राशिफल

       काठमाडौं, वैशाख ५। दैनिक राशिफल (वि.सं. २०७९ वैशाख ५ गते सोमबार, तदनुसार ई.सं. १८ अप्रिल, वैशाख कृष्ण द्धितिया तिथि) आज  विश्व सम्पदा दिवस

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यक्षेत्रमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नती हुनेछ । पारिवारिक सुख र भेटघाट बढ्नेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भाग्यको साथले अपुरा कार्य पूर्ण हुनेछन् । नयाँ काम प्राप्त हुनेछ । धार्मिक रुचि बढ्नेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक वादविवाद तथा झमेला बढ्नेछ । पैतृक सम्पत्तिको कारण कुटुम्बमा मनमुटाव बढ्नेछ। सञ्चित धन नाश हुनेछ  ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य तथा पार्टनर सुख प्राप्त हुनेछ । साझेदारी व्यापारमा मुनाफा बढ्नेछ । शारिरीक तथा मानसिक आनन्द प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शरिरमा रोग वृद्धि हुने, खर्चमा वृद्धि हुने तथा मानसिक तनावमा वृद्धि हुनेछ । शत्रुहरु हाबी हुँनेछन् ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सिपमुलक कार्यले आय-आम्दानिमा वृद्धि हुनेछ । सन्तान सुख प्राप्त हुनेछ भने प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
घर परिवारमा सुखद मिलन हुनेछ । घर-जग्गा खरिदमा सफलता मिल्नेछ । मान सम्मान पदवि प्राप्त हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
आर्थिक लाभ मिल्नेछ । भाग्यले साथ दिनेछ । धार्मिक यात्रा हुनेछ यात्रा सुखद रहनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
मुहारमा कान्ति छाउनेछ भने शरिरमा स्फुर्ती वढ्नेछ । दाम्पत्य सुख र आनन्द प्राप्त हुनेछ । साथै मिष्ठान्न भोजन तथा उपहार प्राप्त हुनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य जीवनमा समस्या आउनेछ । जीवनसाथीको स्वास्थ्यमा समस्या, खर्चमा वृद्धि तथा साझेदारी व्यापारमा नोक्सानिको सामना गनुपर्ला ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरानो रोगले सताउनेछ । अत्यधिक खर्च बढ्ने तथा मानसिक तनावको सामना गर्नुपर्नेछ ।  शत्रु हाबी हुनेछन् ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार व्यवसायमा प्रगती, कार्यक्षेत्रमा मानसम्मान पदवि तथा अध्ययनमा सफलता प्राप्त हुनेछ । यात्रामा लाभ तथा सन्तानबाट पनि सुख प्राप्त हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update