Kath Khabar
नेप्से आज पनि राताम्मैः ४१ अंकले घट्दा एक अर्ब ५३ करोडको शेयर कारोबार



      काठमाडौं, वैशाख ५। आज सोमबार पनि नेप्से राताम्मै देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज पनि ४१ दशमलव ७७ अंकले घटेर २३ सय ४३ दशमलव ८७ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ८२ अंकले घटेर चार सय ४४ दशमलव १५ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको ३१ हजार आठ सय २५ पटकको कारोबारमा ३८ लाख ७६ हजार तीन सय दुई कित्ता शेयर किनबेच भएको  छ भने कुल कारोबार रकम एक अर्ब ५३ करोड छ लाख ९२ हजार नौं सय ५६ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो दिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, युनाइटेड इदी मर्दी आरबी हाइड्रो पावर कम्पनी, एनआईसी एशिया सेलेक्ट फन्ड, प्रोग्रेसिभ फाइनान्स आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने नबिल बैंक, युनिलिभर नेपाल लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपि पावर लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update