Kath khabar
तीन घर जलेर नष्ट


 सप्तरी , बैसाख ५। सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।    

विद्युत् सर्ट भई आगलागी भएको आशंका गरिएको छ । सो आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।  

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update