Kath khabar
दैनिक राशिफल

      काठमाडौं, वैशाख ६ । दैनिक राशिफल (वि.सं. २०७९ वैशाख ६ गते मंगलबार, तदनुसार ई.सं. १९ अप्रिल, वैशाख कृष्ण तृतिया तिथि) आज छन्द दिवस ।

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेहेनत अनुसारको फल प्राप्त हुनेछ । धन आगमन हुनेछ भने बोलीको प्रभावले काम सफल हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिवारमा मेलमिलाप बढ्नेछ, भागदौड बढ्नेछ भने घर परिवारको खुसिको लागि संघर्ष गर्नुपर्ने देखिन्छ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
ऑटेका कार्य पूरा हुनेछन् र धनलाभ तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ । मुहारमा कान्ति र मनमा प्रशन्नता छाउनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय आम्दानिका स्रोत ठप्प हुनेछन् । खर्चमा वृद्धि हुनेछ । व्यर्थको कार्यमा भागदौड बढ्नेछ भने मानसिक तनाव बढ्नेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार व्यवसायमा सफलता मिल्नेछ । आय आम्दानिका नयाँ स्रोत फेला पर्नेछन् । अधुरा कार्य पूर्ण हुनेछन् ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नोकरीमा पदोन्नती र मान पदवि प्राप्त हुन सक्नेछ । नयाँ-नयाँ अवसर प्राप्त हुनेछन् । दाम्पत्य सुख प्राप्त हुनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
भाग्यको साथले  सफलता मिल्नेछ । धार्मिक यात्रा हुन सक्नेछ । स्वास्थ्य र धनलाभ हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाम्पत्य जीवन केहि असहज रहनेछ । शरिरमा जोश र जाँगरको कमी रहनेछ । शारिरीक र मानसिक थकान हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
साझेदारी व्यापारमा सफलता मिल्नेछ । दाम्पत्य तथा स्त्री सुख प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दाम्पत्य सुख तथा सन्तान सुख प्राप्त हुनेछ । पारिवारिक मिलन र भेटघाट हुनेछ । भूमी, भवन तथा वाहन सुख प्राप्त हुनेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्ययनमा सफलता प्राप्त हुनेछ । सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । सन्तान सुख प्राप्त हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पुरानो रोगले सताउन सक्नेछ । शत्रुबाट भय रहनेछ । अचानक आईपर्ने कष्टले समय, धन र उर्जा खर्च हुनेछ ।

 

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update