'बी' डिभिजनको ११ औं स्थानमा रहेको नयाँबस्तीलाई ३ लाख जरिवाना, खेलाडी र अफिसियललाई प्रतिबन्ध
अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना गरेको हो ।
काठमाडौं, वैशाख ६। अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक बी डिभिजन लिग क्लब नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना गरेको छ । गत महिना सकिएको सहिद स्मारक बी डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना गरेको हो ।
बी डिभिजन लिगमा मध्यपुर युथ एसोसियनसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । उक्त खेल नयाँबस्ती ३-१ ले पराजित भएको थियो । यस्तै एन्फाले क्लबका अफिसियल श्रीबहादुर योगीलाई एन्फाले सञ्चालन गर्ने फुटबल गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ ।
त्यस्तै क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ ।बी डिभिजन लिगमा नयाँबस्ती ११ औं स्थानमा रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय