Kath khabar
आइफोन १५ मा  टेलिफोटो  क्यामेरा ?


         काठमाडौं, वैशाख ६। अमेरिकी टेक जायन्ट एप्पलले दक्षिण कोरियन ओआईएस र अटोफोकस एक्वेटर सप्लायर्स कम्पनीसँग सम्झौता गरेको खुल्न आएको छ । गत वर्ष एप्पलका प्रतिनिधिहरू दक्षिण कोरियाली कम्पनी झावा पुगेका थिए । त्यो सँगै झावाले १५५ मिलियन अमेरिकी डलरको लगानीमा ओआईएस मोडुलर निर्माणका लागि नयाँ प्लान्ट स्थापना गरिरहेको छ ।

एप्पलले आईफोन १५ लाइनअपका स्मार्टफोनको उत्पादन सन् २०२३ को दोस्रो चौमासिकबाट सुरु गर्ने जनाएको छ। यस्तोमा झावासँग भएको सम्झौताले एप्पलका आगामी उत्पादनमा परिष्कृत जुम लेन्स उपलब्ध हुनेछन् । अर्कोतर्फ झावाले नै विश्व स्मार्टफोन बजारको ठुलो कम्पनी सामसङलाई पनि ओआईएस मोडुलर उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update