Kath Khabar
नेप्से पुरै हरियो : १३ अंकले बढ्दा एक अर्ब ३२ करोडको कारोबार



     काठमाडौं, वैशाख ६। लगातार घट्दै आएको नेप्सेमा आज मंगलबार भने पुरै हरियाली छाएको छ । नेप्से आज १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २४ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६१ अंकले बढेर चार सय ४७ दशमलव ७६ अंकमा पुग्न सफल भएको छ । आज दुई सय २९ वटा कम्पनीहरूको २७ हजार आठ सय ४१ पटकको कारोबारमा ३२ लाख १३ हजार एक सय ९५ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार नौं सय ३२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरूमध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने दिव्येश्वरी हाइड्रो पावर लिमिटेड, कालिका माइक्रो क्रेडिट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने क्रमशः नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update