सर्वोच्चको आदेशसँगै गर्भनर अधिकारी पुन: काममा फर्किन पाउने
काठमाडौं, वैशाख ६। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पुन:काममा फर्किन पाउने हुनुभएको छ । गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै काममा फर्किन पाउने हुनुभएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । झण्डै दुई साता अघि बसेको मन्त्रिपरिषद्को बैठकले गर्भनर अधिकारीलाई निलम्बन गरी उहाँमाथि छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । तर सर्वोच्चको पछिल्लो आदेश सँगै निलम्बन परेका गर्भनर अधिकारी नियमित काममा फर्किन पाउने भएको सर्वोच्चले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय