Kath khabar
दैनिक राशिफल

 

      काठमाडौं, वैशाख ७ । दैनिक राशिफल (वि.सं. २०७९ वैशाख ७ गते बुधबार, तदनुसार ई.सं. २० अप्रिल, वैशाख कृष्ण चतुर्थी तिथि)

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पराक्रम वढ्ने तथा अधुरा कार्य पुरा हुनेछन् । शरिरमा स्फुर्ती बढ्नेछ । शत्रु परास्त हुनेछन् ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोलीको प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । कुटुम्बको साथ मिल्नेछ भने धनलाभ पनि हुनेछ ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह
मान-पदवी प्राप्त हुनेछ। गरेका कार्य सिद्ध हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च वृद्धि हुनेछ । शत्रु पक्ष हावि हुनेछन् । शरिरमा रोगव्याध बढ्नेछ । मानसिक तनाव वृद्धि हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्चमा वृद्धि भएता पनि आयका नयाँ नयाँ स्रोत फेला पर्नेछन् । व्यवसायिक लाभ प्राप्त हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नोकरीमा पदोन्नती तथा मान सम्मान प्राप्त हुनेछ । गरेका कार्य सफल हुनेछन् । आर्थिक मुनाफा पनि बढ्नेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते
भाग्यले साथ दिनेछ । यात्रा सफल र लाभप्रद हुनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु
बन्न आँटेका काम बिग्रनेछन् । शारिरीक र मानसिक चिन्ता र थकान बढ्नेछ । पुरानो रोगले सताउनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
दाम्पत्य सुख प्राप्त हुनेछ । साझेदारी व्यापारमा मुनाफा बढ्नेछ। मनमा हर्ष र उमंग छाउनेछ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन अनुकुल रहनेछ। दाम्पत्य सुख प्राप्त हुनेछ। मन प्रशन्न रहनेछ भने सुख र आनन्द प्राप्त हुनेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द
सन्तान सुख प्राप्त हुनेछ । सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारिवारिक सुख प्राप्त हुनेछ । मन प्रशन्न रहनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ र भौतिक सुख प्राप्त हुनेछ ।

बिकास घिमिरे, ज्योतिषी तथा वास्तुविद्
दिव्य ज्योतिष तथा वास्तु परामर्श केन्द्र, ९८४९१३७२८०

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update