काठमाडौं, वैशाख ७। अघिल्लो दिन बढेको नेप्से आज बुधबार पुन घटेको छ । नेप्से आज ३६ दशमलव ७३ अंकले घटेर २३ सय २० दशमलव ५१ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ६९ अंकले घटेर चार सय ४१ दशमलव आठ अंकमा सिमित भएको छ । आज दुई सय २८ वटा कम्पनीहरुको ३२ हजार पाँच सय छ पटकको कारोबारमा ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार सात सय ५५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको भएको छ । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ग्रिन भेञ्चर लिमिटेड, जाल्पा लघुवित्त वित्तीय संस्था, सेञ्चुरी कर्मसियल बैंक आदिको शेयर मुल्य बढेका छन् भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा बिकास कम्पनी, लक्ष्मी बैंक आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।