काठमाडौं, वैशाख ८। पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शो का संचालनमा बिभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप बिक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने हुनुभएको छ । उहाँले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहनुभएको छ ।
बिभिन्न पर्यटन सम्बन्धी यात्रा गराउने उद्देश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उद्देश्यले अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुनेछ। शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताउनुभयो ।
स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शो को नाम छिट्टै एक औपचारिक कार्यक्रम मार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिङ र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको ट्रेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाम्विङ, मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोर्ट्सहरु खेलाउदै आएको ट्रेकिङ टिमका सिइओ प्रवेश देवकोटाले बताउनुभयो ।
शोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा आफु रहेको निर्देशक सौगातले बताउनुभयो । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ सौगातले थपे ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ ।’