Kath khabar
स्यान्सु भुषाल भन्छन् नेपालमा धेरै खेल्ने मौका पाइन

      काठमाडौं, वैशाख ९।  पहिलो सिजनको नेपाल सुपर लिग खेल्न नेपाल आएका स्यान्सु कतारमा ब्यवसायीक प्रशिक्षणका लागि फेरी गएका हुन्। कतारको ए डिभिजन क्लव अल वाक्रा स्पोर्टस क्लवको यू २३ टिमका प्रशिक्षकले बोलाएपछि उनी प्रशिक्षणका लागि कतार फर्किएका हुन् । 

अघिल्लो सिजनको ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका स्यान्सुले खेल्ने मौका भने पाएका थिएनन् । पुरै लिगमा उनी बेन्चमा नै बिताएका थिए । अचानक कतार पुगेपछि स्यान्सुले नेप्लेजसँग कुरा गर्दै कतारी क्लब अल वाक्राका प्रशिक्षकले प्रशिक्षणका लागि बोलाएकाले फर्किएको बताए । साथै उनले नेपालको उमेर समुहमा खेल्ने मौका पाएको खण्डमा आफु फर्किने नभए कतारमा नै यू २३ टिमका लागि प्रयास गर्ने बताए । 

आफ्नो पढाईलाई पनि अगाडी बढाउने लक्ष्यमा रहेका स्यान्सुले आफ्नो खेलको स्तर बढाउनका लागि भएपनि कतारमा बस्ने मन बनाएको बताए । नेपालमा ए डिभिजन लिगमा मौका नपाउँदा निकै निराश भएका स्यान्सुले अर्को सिजनमा लिग नखेल्ने समेत बताए । १८ बर्षे स्यान्सु एन्फाले यू २० टिममा बोलाउने बिश्वासमा रहेको धारणा राखेका छन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update