काठमाडौं, वैशाख ९। खानाको बर्बादी आज मानिसको लागि सबैभन्दा ठूलो समस्या हो। यूएनएफएओका अनुसार विश्वको खाद्य उत्पादनको एक तिहाइ अर्थात् १.३ अर्ब टन खाना वार्षिक रुपमा खेर जान्छ। धेरै जसो बर्बाद गरिएको खाना फोहोरको थुप्रोमा समाप्त हुन्छ । फलस्वरुप हाम्रो प्राकृतिक स्रोतहरु प्रदूषित हुन्छ।
जब हामी खाना बर्बाद गर्छौं, खाद्य उत्पादनको समयमा प्रयोग हुने ऊर्जा र स्रोतहरू पनि बर्बाद गर्छौं। विश्वभर धेरै खाद्यान्न फोहोरमै फालिएको छ भने अर्कोतर्फ सबै जनतालाई पर्याप्त खाद्यान्न उपलब्ध गराउनु ठूलो चुनौती सावित भइरहेको छ । धेरै अनुसन्धानले देखाउँछ कि हाम्रो टेबलमा जति धेरै खाना हुन्छ, त्यति नै खेर जान्छ।
आज मानवले सामना गर्ने सबैभन्दा ठूलो समस्या भनेको खानाको बर्बादी हो। खाना खेर फाल्नु भनेको जलवायु परिवर्तनलाई बढावा दिनु हो । खेर फालिएको खाना सामान्यतया ल्यान्डफिलहरूमा पठाइन्छ। त्यहाँ यसले मिथेन ग्यास उत्पादन गर्दछ। खाना खेर फाल्नु भनेको खाना खेर फाल्ने मात्र होइन यो पैसा, पानी, ऊर्जा र भूमिको बर्बादी पनि हो। यस्ता कार्यहरु गर्दा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको लागी जिम्मेवार छन्। फालिने खानाको फोहोरले ठूलो मात्रामा मिथेन उत्पादन गर्छ, हरितगृह ग्यास जसले ग्लोबल वार्मिङलाई बढाउँछ।
खाद्यान्नको फोहोरलाई कृषिको उत्पादन बढाउने स्रोतमा परिणत गरेर व्यवस्थापन गर्न सकिन्छ, तर यो अहिले व्यापक रूपमा प्रयोग भइरहेको छैन। यसले गर्दा माटोको उपज घट्दै गइरहेको छ जसले नकुहिने फोहोरहरुबाट प्रदूषित बढ्दैछ। कृषिले नेपालमा खानाको उत्पादनको लागि ७%योगदान प्रदान गरेपनि २१% उत्पादन खेतीमा नष्ट हुन्छ। यसले ग्रामीण अर्थतन्त्रलाई असर गर्छ र व्यापक भोकमरी बढाउँछ, यी सबैको बाबजुद पनि हामी विश्वका हरेक कुपोषित व्यक्तिलाई खुवाउन पुग्ने पर्याप्त मात्राको खाद्यान्न बर्बाद गर्दैछौं।
अहिले कोभिड -१९ को महामारीसँगको हाम्रो वर्तमान अवस्थाले खाद्य प्रणालीमा ठूलो अवरोध खडा गरेको छ। कतिपय ठाउँमा खाद्यवस्तु उपभोक्तासम्म पुग्नुअघि नै खेर फालिएको छ भने कतिपय ठाउँमा मानिसले आफुले पनि खानेकुरा उपभोग गर्न सकेका छैनन् । यस्तो कठिन समयको बाबजुद पनि ठूलो मात्रामा खाने कुराहरु खेर गइरहेको हुनाले, कोभिड-१९ ले खाद्यान्नको फोहोरको समस्यालाई झनै नकारात्मक रुपमा बिगारिरहेको देखिन्छ।
खाना खेर जान नदिन हामीले के गर्न सक्छौ ?
यसको लागि हामीले म्याद समाप्त हुनुअघि खाद्य वस्तुहरू उपभोग गर्नपर्छ, फ्रिजमा 'पहिले मलाई खाऊ' लेखेर एउटा टोकरी बनाउने, आवश्यक पर्ने मात्राको खाना मात्र किन्ने र रिसाइकल गर्नका लागि प्लास्टिक र गिलास जस्ता पुन: प्रयोग गर्न सकिने सामग्रीहरूबाट खाद्य फोहोरहरू अलग गर्ने। हामीले गर्ने हरेक सानो कदमले संसारमा ठूलो परिवर्तन ल्याउन सकिन्छ।
जैविक फोहोर एक पोषणको बहुमूल्य स्रोत हो। यसलाई माटोको उर्वरता शक्ति सुधार गर्न र पोषणको पुनर्स्थापना गर्न पनि प्रयोग गर्न सकिन्छ, कम्पोस्टको प्रयोगले कृषि बालीको उच्च उत्पादनलाई प्रभावकारी बनाउँछ। खाद्यान्न बर्बाद हुन नदिने र खाद्य उत्पादनका लागि प्रयोग हुने बहुमूल्य स्रोतको संरक्षण गर्नु हाम्रो कर्तव्य हो। विश्वको जनसङ्ख्या बढ्दै गएकाले हाम्रो चुनौती थप खाद्यान्न उत्पादन गर्ने होइन, पूर्व उत्पादन भएको खाद्यान्नलाई खेर जानबाट बचाएर त्यसको राम्रो सदुपयोग गर्ने हो। यदि आज हाम्रो खाना फाल्ने कार्यहरू जारी रह्यो भने, हामीले खाने कुनै पनि खाना हाम्रो अन्तिम हुन सक्छ।