Kath khabar
ललितपुरको सानागाउँमा भित्री वस्त्र पसल र चियागफ पसल खुल्दै


          ललितपुर, वैशाख ९। भित्री वस्त्र पसलले ललितपुरको सानागाउँमा दोस्रो आउटलेट खोल्ने भएको छ । छ महिनाअघि ललितपुर कै इमाडोलमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको उक्त पसलले पहिलो आउटलेटबाट पाएको ग्राहकको माया एवं हौसला कै कारण ललितपुरको सिद्धीपुर थसी (सानागाउँ) मा दोस्रो आउटलेट खोल्न लागेको हो ।

'पहिलो आउटलेट खोलिएको एक वर्ष अगाडिको अवधिमा हामीले ग्राहकहरूबाट सोचेभन्दा बढी माया, सद्भाव एवं विश्वास पायौ, ग्राहकहरुको त्यही बिश्वास र उहाँहरुको इच्छा चाहाना अनुसार नै थसीमा भित्री वस्त्र पसलको दोस्रो आउटलेट खोल्न लागेका हौं', उक्त पसलकी सञ्चालिकाद्धय आशा केसी र लक्ष्मी खड्काले भन्नुभयो । काठ क्षेत्रका महिलाहरूलाई उद्यमशिल बनाउनको लागि महिलाहरुद्धारा नै यो पसल सञ्चालनमा ल्याएका हौं, भित्री वस्त्र पसलकी सानागाउँ आउटलेटको जिम्मेवारी सम्हाल्दै आउनुभएकी सञ्चालिका खड्काले भन्नुभयो । वैशाख १० गते शनिबार औपचारिकरुपमा उक्त आउटलेटको उद्घाटन हुने पनि उहाँले बताउनुभयो ।

अहिलेको व्यस्त समयमा घरायसी कामकाजमा व्यस्त जुनसुकै उमेर समुहका महिलाहरूलाई काठमाडौंको न्युरोडसम्मको जानको लागि समय नहुने, समय भएपनि भिडभाड र कोभिड-१९ को बढ्दो डर कै कारण बजारसम्म जानसक्नु भएको हुँदैन । उहाँहरूलाई उहाँहरूकै स्थानमा उचित मूल्यमा उच्चगुणस्तरको जुनुसकै किसिमको भित्री वस्त्र उपलब्ध गराउनको लागि पनि हामीले काठ क्षेत्रमा दोस्रो आउटलेट खोलेका हौं, भित्री वस्त्र पसलकी इमाडोल आउटलेटकी सञ्चालिका केसी भन्नुहुन्छ । अबको केही समयमा अन्य स्थानमा पनि आवश्यकता अनुसार आउटलेट थप्दै जाने योजना रहेको पनि उहाँले बताउनुभयो । काठमाडौंको अति व्यस्त सहरहरुमा भन्दा स्थानीय बजारमा भाडा सस्तो हुने हुँदा अन्य बजारको तुलनामा यहाँ सस्तो मूल्यमा उच्च गुणस्तरको सामान पाउने दावी पनि सञ्चालिका केसीले गर्नुभयो ।

यसैगरी भित्री वस्त्र पसल समुहले नै ललितपुरको थसी (सानागाउँ) मा नै चियागफ पसल पनि सञ्चालनमा ल्याउने भएको छ । वैशाख १० गते शनिबार नै उक्त पसलको पनि औपचारिकरूपमा समुद्घाटन गर्न लागिएको उक्त समुहले जानकारी दिएको छ । स्थानीयस्तरमा उत्पादन हुने गाईभैँसीको दूध सोझै किसानबाट खरिद गरेर उक्त पसल सञ्चालन गर्न लागिएको पसलकी सञ्चालिकाद्धय केसी र खत्रीले बताउनुभयो । पछिल्लो समय बढ्दै गएको चिया संस्कृतिको जर्गेना गर्दै चियालाई आत्मियता, भाइचारा, आपसी सद्भाव र मित्रता बढाउने सेतुकोरुपमा विकास गर्न कै लागि चियागफ पसल सञ्चालन गर्न लागेका हौं, उहाँहरुले एकैश्वरमा भन्नुभयो ।

हालको लागि चियागफ पसलमा सुकुल बाजे चिया र चियागफ स्पेसल गरी दुई प्रकारको चिया बिक्री गर्ने सञ्चालिकाद्धयले बताउनुभयो । चियासँगै हलुवा पाउरोटी, खुवा पाउरोटी, गुँदपाक पाउरोटी लगायतका स्वस्थ र हाईजेनिक परिकारहरु बिक्री गर्ने पनि उहाँहरुले बताउनुभयो । स्थानीय क्षेत्रमा उत्पादित दुधलाई प्रयोग गरी स्थानीय महिलाहरूलाई स्वरोजगार बनाउनको लागि यि दुई पसलहरु सञ्चालन गरेका हौं, उहाँहरूले भन्नुभयो । प्रत्येक दिन पाँच सयभन्दा बढीलाई सेवा दिने लक्ष्यका साथ खोल्न लागिएको चियागफ पसल बिहान पाँच बजेदेखि राती नौं बजेसम्म खुल्नेछ ।

यसरी खोल्दा बिहान कलेज जाने केटाकेटी, स्कुले बिद्यार्थीहरुदेखि लिएर साँझ आफ्नो अफिस सकेर घरजाने कर्मचारीहरु समेत चियागफ पसलको चियाको मिठो स्वाद लिएर घर जान पाउनु हुनेछ, पसलकी सञ्चालिकाद्धय केसी र खड्काले भन्नुभयो ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update