
काठमाडौं, वैशाख ११। भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनले आज लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेलमा सांगीतिक प्रस्तुती दिनुहुनेछ ।
पवनदिपले हिजो याक एण्ड यतीमा भएको कार्यक्रममा जोडदार प्रस्तुती दिनुभएको थियो । पवनदिपले लोकप्रिय चर्चित भारतीय गीत गाउनु भएको थियो भने उहाँले नेपाली गीत समेत गाएर सम्पूर्ण अतिथि एवं उपस्थितहरूलाई नचाउनुभएको थियो ।
कार्यक्रम व्यवस्थापन गरेको ३६५ इभेन्टस् एण्ड मिडियाका अनुसार आजएलओडी ठमेलमा हुने सांगीतिक प्रस्तुतीको सीमित टिकट मात्र रहेको र पवनदिपलाई सुन्न मनपराउनेहरुले आइएमई पे वालेट मार्फत टिकट खरिद गर्न सकिने बताउनु भयो । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी) का अनुसार टिकट लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेल साथै ३६५ इभेन्टस् एण्ड मिडियामा सम्पर्क गरेर खरिद गर्न सकिने बताउनुभयो ।
आयोजकका अनुसार २५ सय र ती हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ। चर्चित गायक पवनदीपले आज विभिन्न धार्मिक स्थलहरूको समेत अवलोकन गरेको आयोजकले बताउनुभयो ।