Kath khabar
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी - देश नर्कमा जाँदैछ

               वासिङ्टन, वैशाख ११। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्।

ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, "वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ। हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ। हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।"

"हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन। उनी हावासँग हात मिलाउँदैछन्, उनी चिन्तित छन्... र इस्टर बन्नीबाट अर्डर लिरहन्छन्,"  उनले भने । जबकि [रूसी राष्ट्रपति भ्लादिमिर] पुटिनले आणविक हतियार र संसारलाई नष्ट गर्ने कुरा मात्र गर्दैनन्।" उनले थपे।

ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन्। मङ्गलबार, द हिलले दुई स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ- बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई  सन् २०२४ मा पुन: चुनाव लड्न लागेको कुरा बताएका थिए। बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन् ।

ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकाभरि आयोजित  थुप्रै अमेरिका र्याली  सम्भावनाको सङ्केत दिएका छन्।
 

(रासस-एएनआई/स्पुतनिक)

 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update