ललितपुर, वैशाख ११। ललितपुरको सानागाउँ, थसीस्थित सिद्धिपुरमा चिया गफ पसल र भित्री वस्त्र पसलको समुद्घाटन गरिएको छ। उक्त समुद्घाटन कुनै नेता कलाकार, समाजसेवी वा राजनीतिज्ञद्वारा नभई सोही ठाउँका स्थानीय जेष्ठ नागरिक ८४ वर्षीय ज्ञान बहादुर महर्जनले गर्नुभएको हो। गत वर्ष इमाडोलस्थित भद्रकाली पेट्रोल पम्पसँगै शुरु गरेको भित्री वस्त्र पसलले ग्राहकको सेवा विस्तारको निम्ति अर्को शाखा संचालनमा ल्याएको हो।
हाल बढ्दो बस्तीविस्तार तथा घन्टौसम्म खेप्नुपर्ने सवारी जामलाई मध्यजनर गर्दै आफ्नै ठाउँमा ढुक्कसँग महिला दिदीबहिनी लगायत दाजु भाइहरूको लागि पनि भित्री वस्त्र पसलले न्युरोड, मक्खनमा पाइने उच्च गुणस्तरका सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराउने उक्त पसलकी सञ्चालिकाद्धय आशा केसी र लक्ष्मी खड्काले बताउनुभयो । साथै एक महिनासम्म १०% छुट दिइने कुरा पनि उहाँहरूले जानकारी दिनुभयो ।
त्यसैगरी भित्री वस्त्र पसल समुहले नै सानागाउँ, थसीस्थित सिद्धिपुरमा नै चिया गफ पसल सञ्चालनमा ल्याएको छ । चियाको प्रचलन नेपाली समाजमा अपरिहार्य नै छ । बिहानीको सुरुवात नै हामी तात्तातो चियाबाट गर्छौ । देशमा चुनावी माहौल छ । यस्तो स्थितिमा सबैमा एक प्रकारको जिज्ञासा बढ्नु र साथीभाइबीच कुराकानी तथा विचार विमर्शको लागि गफिने गन्तव्य भनेकै चिया पसल नै हो। चिया गफ पसलले आफ्नो ग्राहकहरुको स्वादलाई मध्यनज़र राख्दै सुकुल बाजे चियासँगै हाम्रै मौलिकता बोकेको हलुवा पाउरोटी तथा गुँदपाक पाउरोटी मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्ने सञ्चालिकाद्धय केसी र खड्काले बताउनुभयो ।
त्यसैगरी बिहानी प्रहरको विद्यार्थीहरू लगायत विभिन्न पेशामा कार्यरत व्यक्तिहरूलाई लक्षित गरी बिहानको ५ बजेदेखि सेवा सुचारु हुने कुरा पनि उहाँहरुले जानकारी दिनुभयो ।