काठमाडौं, जेठ ४ । माछापुच्छ्रे बैंकले केयर क्रेडिट कार्ड सञ्चालन ल्याएको छ । बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबिएल केयर क्रेडिट कार्ड सुबिधा संचालनमा ल्याएको हो । बैकका अनुसार यो सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट कार्ड सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नुहुनेछ ।
उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाख सम्मको रकम प्रदान गर्नेछ । बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्नुहुनेछ । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहकहरुले बैंकको वेबसाईटमा गई आवेदन दिन सक्नुुहुुनेछ ।
हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्धत पुग्ने आशा बैंकले गरेको छ । बैकले हाल एक सय ६० वटा शाखा मार्फत बित्तीय कारोवार गर्दे आएको छ ।