Kath khabar
विश्वकै धनाड्य व्यक्ति एलन मस्कले किने ट्वीटर


         काठमाडौं, वैशाख १३ । विश्वका धनाड्य व्यक्ति एलन मस्कले विश्वकै ठूलो सोसल मिडिया कम्पनी ट्वीटर किनेका छन्।

टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । सामाजिक ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति मस्कको प्रस्तावमा सहमत भएसँग उनले ट्वीटर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका हुन्।

यसैगरी एलन मस्कले भनेका छन्, ‘ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ। ट्वीटरमा जबरजस्त क्षमता छ।’ ट्वीटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन्।

मस्कले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तन गर्ने उद्घोष गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update