काठमाडौं, वैशाख १३। विद्युतीय स्कुटरहरू दुई वा तीन पाङ्ग्राहरू भएका प्लग-इन विद्युतीय सवारी हुन्। इलेक्ट्रोनिक र विद्युतीय स्कुटर बिजुली बोर्डमा रिचार्जेबल ब्याट्रीमा भण्डार गरिएको हुन्छ। पछिल्लो समयमा नेपालमा विद्युतीय स्कुटरको माग र प्रयोग बढेको छ । तर अझै पनि विद्युतीय स्कुटरको विषयलाई लिएर धेरैले दुबिधा भनेका छन् । धेरै जसो मानिसलाई यो कसरी चलाउने ? कहाँ बाट चलाउने ? र नम्बर प्लेट अनिवार्य छ कि छैन ? जस्ता थुप्रै प्रश्नहरू आउन सक्छन् ।
एउटा मुख्य दुबिधा विद्युतीय स्कुटरमा नम्बर प्लेट आवश्यक छ वा छैन भन्ने पनि रहेको छ। सडकमा गुड्ने केही विद्युतीय स्कुटरहरूमा अन्य सवारीको जस्तै नम्बर प्लेट देख्न सकिन्छ भने केहीमा नम्बर प्लेट हुँदैन । हामी यो देखेर सोचमा पर्न सक्छौ । नेपालको कानून अनुसार यातायात व्यवस्था विभागमा दर्ता भएर आयात हुने सबै प्रकारका सवारीमा नम्बर प्लेट अनिवार्य छ । विद्युतीय साइकल बाहेक अन्य सबै विद्युतीय सवारीले नम्बर प्लेट अनिवार्य रुपमा राख्नु पर्ने हुन्छ।
३५० किलोवाटभन्दा माथिको क्षमता भएको सम्पूर्ण विद्युतीय सवारीको हकमा इन्धन सवारी सरह नै नियम बनाइएको छ। त्यसैले ३५० किलोवाटभन्दा कम क्षमता बाहेकका सबै प्रकारको विद्युतीय सवारीले नम्बर प्लेट अन्य सवारीको जस्तैगरी लिनु पर्ने हुन्छ। ३५० किलोवाट भन्दा साना विद्युतीय सवारीहरू साइकलजस्तै हुने हुँदा यसमा नम्बर प्लेट अनिवार्य नगरिएको पनि हो।