काठमाडौं, जेठ ४ । इराकसँगको मैत्रीपुर्ण खेल तथा विश्वकप छनौटका बाँकी तीन खेलका लागि राष्ट्रिय फुटबल टिमका २३ सदस्यीय अन्तिम नामावली घोषणा भएको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिममा ६ जना नयाँ खेलाडीलाई मौका दिएका छन् । एनएसएमा गरिएको प्रर्दशनका आधारमा मिडफिल्डर मनिष डाँगी, सुरज ज्यु ठकुरी, आयुष घलान र कमल थापा सहित डिफेन्डर गौतम श्रेष्ठ टिममा परेका छन् । यस्तै यस अघि पनि राष्ट्रिय टिममा परेका भने पछिल्लो पटक त्रिनेसन्स कप जितेको टोलीमा १३ परिवर्तन गरिएको छ । आइतबार ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । जसमा रञ्जित धिमाल, भरत खवास सहित ९ जना खेलाडीलाई टिम बाहिर राख्दै युवा टोलीको नयाँ राष्ट्रिय टिम बनाइएको हो ।
राष्ट्रिय टोलीको २३ खेलाडीः
गोलरक्षकः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डरः दिनेश राजवंशी, अनन्त तामाङ गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डरः विशाल राई , सन्तोष तामाङ, मनिष डाँगी, सुनिल बल, सुरज ज्यु ठकुरी, आयुश घलान, पुजन उपरकोटी, एरिक विष्ट
फर्वाडः अञ्जन विष्ट, अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, रुप लामा