
काठमाडौं, वैशाख १३ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पनि घटेको छ । नेप्से आज १५ दशमलव शून्य दुई अंकले घटेर २३ सय ७० दशमलव ९९ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७४ अंकले घटेर चार सय ५२ दशमलव ९५ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरुको २५ हजार सात सय ६६ पटकको कारोबारमा ३४ लाख १९ हजार दुई सय २८ कित्ता शेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब चार करोड ६० लाख १४ हजार चार सय १७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको छ । सो मध्ये उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका ११ वटा समुहहरूको सूचक उच्च अंकले घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज जाल्पा लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन पावर पार्टनर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था, मल्टिपर्पोज फाइनान्स आदिको शेयर मूल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सिद्धार्थ बैंक, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी बैंक आदि परेका छन् ।