Kath khabar
भ्रष्टाचारको आरोपमा म्यान्मारकी नेत्री आङ सान सुकीलाई थप पाँच वर्ष जेल सजाय

    म्यानमार, वैशाख १४। सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कू मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी थिईन । सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ।

उनले सबै आरोपहरूको अस्वीकार गरेकी छन् भने अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन्।
राजधानीस्थित अदालतमा भएको सुनुवाइमा नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो र सुकीलाई वकिलहरू र पत्रकारहरूसँग बोल्न प्रतिबन्ध लगाइएको थियो।

बुधवार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो। उनलाई पाँच वर्षको जेल सजाय तोकिएको छ। यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ।

गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र जनुअरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।
 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update