जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, कार्यालय समय बढ्यो
काठमाडौं, वैशाख १४। सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय