
काठमाडौं, वैशाख १४। अघिल्लो दिन १५ अंकले घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज पाँच दशमलव १७ अंकले बढेर २३ सय ७६ दशमलव १७ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ६१ अंकले बढेर चार सय ५४ दशमलव ५६ अंकमा पुग्न सफल भएको छ । दुई सय २८ वटा कम्पनीहरूको २३ हजार पाँच सय ३४ पटकको कारोबारमा २८ लाख ८५ हजार ३९ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब आठ करोड ९९ लाख ९२ हजार ३६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, लघुवित्त, ट्रेडिङ र सामूहिक लगानी कोष सहितका चार वटा समुहहरूको सूचक घटेका छन भने विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका नौं वटा समुहको सूचकहरू बढेका छ् ।
कारोबार भएका कम्पनीहरु मध्ये आज जाल्पा लघुवित्त वित्तीय संस्थाले कमाएको छ भने सानिमा इक्विटी फन्डले गुमाएको छ । यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनी भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।