Kath khabar
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीबीच विवाद



       काठमाडौं, वैशाख १४ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीच विवाद भएको छ । टिमका १२ खेलाडी बन्द प्रशिक्षण छाडेर बाहिरिएका छन् ।

राष्ट्रिय फुटबल टिमका सिनियर १० जना सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीविरुद्ध बिद्रोह गरेका छन् । एएफसी एसियन कप २०२३ को छनोटका लागि अहिले नेपाली टिमलाई बन्द प्रशिक्षणमा राखिएको छ। अघिल्लो सातादेखि बोलाइएको प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइएको थियो।

राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोखेका थिए । उनले खेलाडीको सुविधाको विषयमा कुरा गर्दा प्रशिक्षक रिसाएको बुझिएको छ।

आफुहरुप्रति निकै अनादार व्यवहार गरेको भन्दै खेलाडीले बन्द प्रशिक्षण नै छाडेर हिडेका छन् । एन्फाले आसन्न एसिया कप छनोटका लागि खेलाडीलाई त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ । प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिनियर खेलाडीले एन्फालाई जानकारी नै नगराएर प्रशिक्षण छाडेर बाहिरिएका हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update