Kath khabar
पानीको हाहाकार हुँदा शरीर बेच्न बाध्य छन् केन्याका महिलाहरू

    नाइरोबी, वैशाख १५। पानी प्राणीको लागि अपरिहार्य नै हो। बदलिँदो मौसम प्रणाली र खानेपानी वितरणको पुरानो पूर्वाधारमा सुधार नभएकाले  केन्याको  राजधानी नाइरोबीमा लामो समयदेखि पानीको हाहाकार छ। यहाँका  बासिन्दा पानी किन्न बाध्य छन्। 

किबेराजस्ता सुकुम्बासी बस्तीमा पानी बेच्ने व्यापारी शक्तिशाली बन्दा यसरि पानीमा कालोबजारी गर्ने ब्यापारीहरुले मौकाको फाइदा उठाउदै नगद कारोबारले मात्र पानी बेच्दैनन। केही महिलाहरू पानी किन्न पैसा मात्रै होइन शरीर सुम्पिन पनि बाध्य भएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update