Kath Khabar
२० अंकले घटेर रोकियो नेप्से, सबै सूचक राताम्मै

       काठमाडौं, वैशाख १५। साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से पुरै रातो भएको छ । नेप्से आज २० अंकले घटेर २३ सय ५६ दशमलव १७ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३२ अंकले घटेर चार सय ५० दशमलव २४ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरूको २८ हजार नौं सय १२ पटकको कारोबारमा ४५ लाख ७४ हजार पाँच सय २० कित्ता शेयर खरिद बिक्री भएका छन । उक्त खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार आठ सय आठ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कम्पनीहरू मध्ये आज जाल्पा लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, पाँचथर पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन भने गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आईएमई जनरल इन्स्योरेन्स कम्पनी, एनसीसी बैंक, महालक्ष्मी विकास बैंक आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update