बेलायत, जेठ ५ । इंग्लीस प्रिमियर लिग च्याम्पियन म्यान्चेष्टर सिटीले ब्राइटनसँग तीन दुइ गोलको पराजय ब्येहोरेको छ ।
गएराती एमेक्स स्टेडियममा भएको खेलमा दुइ सुन्यले पछि परेको अवस्थामा घरेलु टोली ब्राइटनले उत्कृष्ट कमब्याक गरि जित आफ्नो पक्षमा बनाएको हो ।
सात हजार चार सय ९५ दर्शकलाई उपस्थितीमा खेलको दोस्रो मिनेटमै इल्के गुन्डोअनले सिटीलाई अग्रता दिलाउनु भएको थियो । तर त्यसको ९ मिनेटमा सिटी दश खेलाडीमा सिमीत बनेको थियो । जोआओ क्यान्सिलोले ड्यानी वेलब्याकलाई डि बक्स भित्र लडाएकाले रेफ्रीले सोझै रातो कार्ड दिइ मैदान बाहिर पठाउनु भएको थियो ।
४८ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाउनुभएको थियो । उहाँले एकल प्रयासमा गोल गर्नुभएको हो । त्यसको दुइ मिनेटमा लियन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउनु भएको थियो । ७२ औँ मिनेटमा गोल गर्दै एडाम वेबस्टारले खेललाई बराबरीमा ल्याउनुभयो । त्यसको चार मिनेटमा डान बर्नले गोल गर्दै बा्रइटनको तीन दुइ गोलको जित सुनिश्चित बनाउनुभयो । सिटीलाई च्याम्पियन्स लिगमा सुधार गर्नुपर्ने देखिएको छ । २९ मे मा हुने युरोपेली प्रतियोगिताको फाइनलमा पेप ग्वार्डीवालाको सिटीले चेल्सीसँग भिड्नेछ ।