ललितपुर, वैशाख १७। स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्विरोध हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध हुनुभएको हो ।
यद्यपि यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उहाँ निर्विरोध हुनुभएको हो । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन् ।
नेपालको कानुन तथा संविधानले एक वडा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरेपनि सो वडामा दलित महिला सदस्यका लागि अन्य दलित महिलालले उम्मेदवारी दिएका छैनन् ।
सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिनुभएको छ । एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ललितपुर महानगरमा निर्विरोध भएकोमा खुसी खुसी व्यक्त गर्नुभएको छ ।