चुनावसम्बन्धी सन्देशमूलक भिडियो बनाइ प्रचार गर्नेलाई २० देखि ५० हजार नगद पुरस्कार
काठमाडौं, वैशाख १८। निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमूलक भिडियो बनाइ प्रचार गर्नेलाई पुरस्कृत गर्ने भएको छ । आयोगले सन्देशमुलक भिडिओ बनाएर प्रचारप्रसार गरी २० देखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको हो।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ आफ्नो टि्वटर, फेसबुक, युट्युब र भाइबरमा अपलोड गरिसकिएको छ। यस्ता चुनावी सन्देशमूलक भिडियोहरुलाई टिकटक बनाई वा पहिलेकै स्वरुपमा फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख भ्युज पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले क्रमशः ५० हजार, तीस हजार वा २० हजार नगद पुरस्कार अथवा प्रशंसा पत्रले पुरस्कृत गर्ने भएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय